किताब किनेर पढ्ने वा मागेर पढ्ने भन्ने बारेमा Twitter मा देखिएका कुराहरु… नराम्रा कुराहरु कसैको ब्यक्तिगत जीवनमा मेल खान गएमा, खुच्चिङ्! अर्को चोटिदेखि त्यसो नगर्नुहोला…
❝ किताब किनेर पढ्न सक्नेहरू पनि मागेर पढ्छन। धनीहरू मसंग मेरा किताब माग्न आएका छन्। किताब किन्ने र सजाउने संस्कृति अपवाद जस्तै छ । ❞ – @JagdishGhimire
❝ अाँफु सँग मागेर लगेका किताबहरु कुनै दिन घुम्दै गर्दा रत्नपार्कको भित्ताहरुमा नभेटिला भन्न सकिन्न । ❞ – @prakashsingak1
❝ मानौं किताब छाप्ने भनेकै बाँड्नका लागि हो । कतिपयले झोलामा बोकेर बाँड्दै हिंडेर बानी बिगारेका पनि हुन् । ❞ – @brazeshk
❝ True readers always buy books. ❞ – @KarnaSakya
❝ किताब अरुलाई दिए ठुलै नोक्सान हुन्छ जस्तो सोच्छन् मानिसहरु । ज्ञान लाई बस्तु सँग वा सम्पत्ति सँग तुलना गरियो । असल किताब किन्न सक्नु पनि कला हो, गोजीमा पैसा भएनी असल किताब किन्न सकिन्छ भन्ने हैन । ज्ञान बाँढ्ने नै ज्ञानी हो । ❞ – @twitatbj
❝ पुस्तकबिनाको संसार भनेको लुगा बिनाको संसार जस्तै हो । ❞ – जगदिश घिमिरे
❝ किताब मागेर पढ्न लग्ने भनेको छोरी मागेर घर लगेजस्तो होइन। त्यसैले पढेर सकिसकेपछि फर्काउने बानीको विकास गरौँ । ❞ – @mrramumagar
❝ अरुको किताब पढ्ने भनेको केहि दिनमा सक्नेगरि हो, एउटा सेमेष्टर वा वर्ष लगाउने हैन… ❞ – @itscoolsky
❝ I would let friends borrow my books if they wanted to. They’d just have to make sure they didn’t bend the pages and spine, didn’t spill anything on it, and they’d have to return it back to me finishing ASAP. ❞ – Anon.
❝ Books, Wife and Money – if given to others – will not return back, even if returned it will be in a bad shape. ❞ – Proverb
❝ पुरानो कोट लगाउ, नयाँ पुस्तक किन । ❞ – थोरो
❝ ज्ञानको माध्यमका रुपमा पुस्तकलाई लिने गरिन्छ। सरस्वतीको बास हुने विश्वासमा वसन्त पञ्चमीमा पुस्तकको पुजा पनि गर्र्छौं हामी। वास्तवमा पुस्तक पुज्नका लागि भन्दा पनि पढ्नका लागि हो। ज्ञान र सूचनाको पहुँच बढाउन पुस्तकको निक्कै ठूलो भूमिका छ । ❞ – Article on Doorsanchar.com
किन किन्ने?
- अाफ्नो किताव भएपछि जहिले पढ्न नि पाईयो… जति समय लगाएपनि भयो… जति चोटि पढेनि भयो… उत्कृष्ट संग्रह पनि हुने भयो ।
- रक्सिको बोटलले दराज सजाउन भन्दा किताबले सजाउँदा नै राम्रो देखिएला नि!
- अाफ्नै किताब भएपछि त्यसमा भएका उत्कृष्ट अंशलाई Highlight गर्न नि मिल्यो… कसैले पढ्ने मन देखाए भने दिन पनि मिल्यो *…
- उत्कृष्ट किताब पढ्न पर्यो भने त Library मा कति लाईन बस्न पर्छ, अाफ्नो भए पछि त्यो झन्झट पनि भएन…
- अो हो! यति दिनमा बुझाउन पर्छ नत्र Fine तिर्न पर्छ भन्ने चिन्ता नलिई पढ्न पाईयो…
- लेखक र प्रकाशकको नजरमा पनि तपाई राम्रो मान्छे मा पर्ने हुनु भयो… तँपाईले गर्ने काममा अरुले साथ दिन्छन् भने अरुको काममा तँपाईले साथ दिन त परिहाल्यो नि! हैन त?
किन माग्ने?
- किताब किन्न पैसा खर्च गरेर चुरोट के ले खानु! अनि अर्को English पानी के ले खानु?
- त्यसै त कोठा सानो छ! त्यसमाथि किताब थुपारेर म चाँहि कहाँ बस्ने नि!
- किन्न कता कता कुद्नु! सकिदैन पसल पसल जान…
- अरुको पढ्नु को मजै बेग्लै हुन्छ… Library जाँदा को को भेटिन्छ… यसो ल्याएर फिर्ता नदिए अाफ्ननै भयो…
- बजारमा नपाईने किताब पनि साथी संग हुन सक्छ… Library मा हुन सक्छ … अन्त कतै नदेखेको किताव नि पढिन्छ Library मा भए…
- Library लाई हामीले Support नगरेर हुन्छ त?
लौ यत्ति! किनेर पढौँ, मागेर पढौँ, पढ्न चाँहि पढौँ… मागेको हो भने पढेर समयमै बुझाउँ…
🙂
Leave a Reply