देश ठप्प भएको छैठौँ दिन, टेलिभिजन च्यानल ले देखाइरहेका एकै प्रकारका समाचारहरु अनि तिनिहरुको आ-आफ्नै बिष्लेशण, नेताहरुको फोहोर खेल, संयम गुम्दै रहेको अवस्था…
३-४ दिन सम्म शान्तिपुर्ण रहेको आन्दोलनको रुप अहिले परिवर्तित भएको छ। झडप, अश्रु-ग्याँस र लाठीचार्ज अब नौलो कुरा रहेनन्। दलहरुको अक्रमण्यताको पराकाष्ठ देखि अब हामी वाक्क भइसकेका छौँ। जनताले बन्दको प्रतिकार गर्यो भन्ने खबर पनि सायद यसैको प्रतिफल हुन सक्छ तर धेरै ठाउँको प्रतिकारको स्वरुप हेर्दा ति नेपाली जनता भन्दा पनि कुनै पार्टिका जनता हुन जस्तो लाग्छ। नेपाली जनताको प्रतिकार थियो भने राष्ट्रिय झण्डाको साथमा हुन सक्थ्यो लाठीको साथमा होइन। सत्तासिन दलहरुबाट आफ्ना भ्रात्रि संस्थालाई उक्साएर स्थानिय बासिन्दाको नाममा प्रतिकारको जुन शैलीको साथ लिएको छ त्यो खेदपुर्ण बिषय हो, अनि त्यसैको प्रतिकारको लागि ‘आइलाग्नेमाथि जाइलाग्ने’ माओबादी निति पनि आपत्तिजनक छ।
देश रोइरहेको बेला बालुवाटार मा बिदेशी कुटनितिक प्रमुख तथा पत्रकार सामु हाँसेर बस्ने प्रधानमन्त्रिलाई हेर्दा पूर्व राजा ग्यानेन्द्रको भान हुन्छ। उनैको कार्यकालको १ बर्षमा संक्रमणकालिन देशको अर्को १ बर्ष खेर गएको छ। जेठ १४ आउन २१ दिन मात्र बाँकि छ तर ६०१ बाँदरहरुलाई यसको भान छैन। अहिलेका मन्त्रिहरुले बैठक बसेर ‘जनता आफैँ प्रतिकार गर्छन्’ भन्ने निर्णय गर्नु सत्ता टिकाउने खेल भन्दा अरु केहि होइन। अहिले मुसा र बिरालोको खेल जस्तो गरि सिंहदरबार छिर्ने मन्त्रिहरु धेरै समय सिंहदरबारमा बसेको अहिलेनै हो, किनकि पहिला उनीहरुलाई भाषण गर्न र रिबन काट्न नै भ्याइनभ्याइ हुनथ्यो। अहिले मन्त्रिहरु के गर्छन त सिंहदरबारमा बसेर? जनताको काम गर्छन रे, सुन्दा पनि अचम्म लाग्ने … पत्रकारलाई सिंहदरबारमा छिर्न त कता कताको पास देखाउनुपर्छ जनता छिरेर ऊनीहरुको काम मन्त्रिले गरे रे! हे हे हे … कसरी पत्याउने ??? थिम्पु जानु अघि राजिनामा दिने मुड मा पुगेका प्रधानमन्त्रि ले कसको कारणले बोलि फेरे? कांग्रेसको? भारतको? मधेसका दलको? वा २ पन्चेहरु सुर्यबहादुर र पशुपतिशमसेरको?
अहिलेको आन्दोलनमा देखिएको, च्यातिएका लुगा लगाएका निरक्षर वर्ग, जसको नेत्रित्व माओबादीले गरेको छ र खासगरि कांग्रेस ले तिनिहरुलाई माओबादीका कार्यकर्ता भन्छ जनता होइन। अनि दहि-च्युरे एमाले न यता न उता … Facebook मा नानाभातिका Group हरु सिर्जना गरेर त्यसमा छाडा कुरा लेखेर रमाउने बिदेशमा बसेका नेपालीहरुलाई पनि धिक्कार छ !!! सक्छौ भने नेपाल आएर प्रतिकार गर, लुकेर होइन… शान्ति सभाको प्रतिकारगर्ने जो कोहि प्रतिपनि खेद छ …
आजको शान्ति सभाले दिएको २ दिनको अल्तिमेटममा समस्या समाधान होस्… जय नेपाल !!!
—————————————————————————————
हिमाल खबरपत्रिका को सर्वेक्षण : राजनीतिक दल र नेता
समृद्ध नेपाल निर्माणका लागि उपयुक्त र जिम्मेवार कुनै तीनवटा राजनीतिक दलको नाम माग्दा ५७ प्रतिशतले नेपाली काङ्ग्रेस, ५६.२ प्रतिशतले एमाओवादी, ५२.८ प्रतिशतले नेकपा एमाले र ७.२ प्रतिशतले मधेशी जनअधिकार फोरमको नाम लिए। काङ्ग्रेसको अग्रता थोरै भए पनि यसले नेपाली राजनीतिमा उदारवादी लोकतन्त्र, प्रगतिशील नीति र कार्यक्रमको सम्भावना छ भन्ने पुष्टि गर्छ।
संविधान निर्माण र शान्तिप्रक्रियामा धेरै भाँजो हाल्ने कामका लागि ३०.१ प्रतिशत उत्तरदाताले माओवादी, १२.७ प्रतिशतले काङ्ग्रेस र ७.९ प्रतिशतलेएमालेलाई जिम्मेवार ठानेका छन्। संविधान र शान्तिप्रक्रियाका लागि कस्तो सरकार चाहिएला भन्ने प्रश्नमा २४.४ प्रतिशतले माओवादी नेतृत्वमा सर्वदलीय सरकार बन्नुपर्ने बताएका छन् भने यही सरकार दह्रो भएर अघि बढ्नुपर्छ भन्नेहरू १६.४ प्रतिशत छन्। काङ्ग्रेसको नेतृत्वमा सर्वदलीय सरकार बन्नुपर्छ भन्नेमा ९.७ प्रतिशत छन्।
गिरिजाप्रसाद कोइरालाको निधनपछि शान्तिसम्झ्ौताको टुङ्गो लगाउन र संविधान निर्माणको काम पूरा गर्न सर्वाधिक भूमिका कसको हुन्छ भन्ने प्रश्नमा ३८.७ प्रतिशत उत्तरदाताले पुष्पकमल दाहालको नाम लिए भने २९.७ प्रतिशतले डा. बाबुराम भट्टराईको। यसमा २३.४ प्रतिशतले माधवकुमार नेपालको, २० प्रतिशतले शेरबहादुर देउवाको र १३.८ प्रतिशतले झ्लनाथ खनालको नाम लिएका छन्। सुशील कोइराला, रामचन्द्र पौडेल, उपेन्द्र यादवको नाम लिनेहरू क्रमशः ९.४, ८ र ७ प्रतिशत छन्।
नेपालको समृद्धि, शान्ति र लोकतन्त्रको सुदृढीकरण गर्न सक्ने कुनै एक नेताको नाम लिनोस् भन्दा २०.२ प्रतिशतले दाहाल र १४.७ प्रतिशतले डा. भट्टराईको नाम लिए। यसैगरी, नेपाल र देउवाको नाम लिने क्रमशः ६.४ र ६.३ प्रतिशत देखिए। कोही छैनन् भन्नेमा ८ प्रतिशतभन्दा बढी र थाहा छैन भन्नेहरू २४.८ प्रतिशत छन्। थाहा छैन भन्नेमा बढी (३४.५%) महिला छन्।
स्रोत: http://www.himalkhabar.com/news.php?id=3216
————————————————————————————————