१. संबिधान सभाको चुनाव बल बुताले भ्याए सम्म सारी रहने। सार्न सकिएन भने, चुनाव गर्ने! हार्ने! अनि प्रधानमन्त्री खाने!
२. पाए देखि वर्ष भरिनै नभए केही महिना नेपाल अरुबेला बिदेश घुमी रहने।
३. जय प्रकाश, चिरन्जिवि र खुमबहादुरको बाटोमा अघि बढ्ने! हिसिला र सुजाता पथ लाई सशक्त पार्दै लैजाने।
४. भ्रष्टाचार सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन छिट्टै घोषणा गरी, नेपाललाई पनि सोमालिया, उत्तर कोरिया, सुडान, ईराक अादिकै हाराहारीमा पुर्याउने!
४. मान्छे मार्ने, राजनिती छिर्ने अनि जनता पिर्ने!
५. पढिसकेका व्यक्तिहरुलाई सकेसम्म बाहिर पठाउने। पढ्दै गरेकाहरुको कलेजमा हङ्गामा मच्चाउने!
६. अहिले बिजुलिको कटौति दैनिक १६ घण्टा सम्म हुँदा पनि जनतामा खासै प्रभाव नदेखिएकाले यसलाई बढाएर २०-२२ घण्टा बनाउने।
७. जहिले पनि काम गरेझै देखाउन भएपनि बैठक भनेर दौडिरहने। बैठकमा खाइने गरेको ब्रान्ड छिट्टै परिवर्तन गर्न सर्ब दलिय संयन्त्र बनाउने।
८. बाटोमा उडिरहेको धुलोको मात्रालाई बढाउन गाँउ-गाँउ बाट अरु माटो ल्याएर बाटोमा छर्ने।
९. खानेपानी संस्थानलाई खारेजीको प्रकृयामा अघि बढाउने। ट्याङ्कर खरिदमा सम्पुर्ण कर छुट दिने र ट्याङ्कर संचालकहरुबाट अहिले अाइरहेको कमिसनको मात्रा बढाउने।
१०. बन्द/हट्ताललाई राजनीतिक पात्रोमा समाबेश गरी भव्यताका साथ मनाउने।
११. कमिसनको कुरा मिलुन्जेल स्कुल, कलेजहरुको शुल्क बृद्धिको सिमामा कुनै सहमति नगर्ने।
१२. पेट्रोल, डिजेल, मट्टितेल, ग्याँस अादिको मुल्यमा विश्व रेकर्ड तर्फ उन्मुख हुने।
.
.
.
उफ् दिक्क लाग्यो! अाँफै थप्नुस अब… :p
Leave a Reply