जहिले पनि राजनीतिलाई देखाएर भताभुङ्ग देश नेपाल भन्ने हामी नेपाली जनता कतिको अनुशासित छौँ भन्ने शायद हामी सबैलाई थाहा छ। हाम्रो अनुशासन झल्किने केही कुराहरु अाज फेरी देखियो एकछिनको हिडाईमा…
– रेबिज लागेका महान नेता खुम बहादुर भ्रष्टाचारीको खोर भ्रमण सकिएको दिन बिपि को फोटो लगाएका देशका महान तरुणहरुको परेडले डिल्लिबजार देखि मैतिदेवी, रातोपुल सम्मनै सडक जाम भएको थियो त्यसै बिच भैरव अर्यालको शब्दमा एक ‘महापुरुष’ तथा ‘महान नेपाली’ले पेटीमा हिडिरहेका सर्वसाधारणको परवाह नगरी हर्न बजाउँदै बाईक हुईकाउँनु भो… हिड्ने लाचार जनता हेरेको हेर्यै…
– महान तरुणहरुको परेडले मैदान छाड्दै गरेपछि बाटो खुल्यो, अर्का महापुरुष ट्याक्सीमा हुनुहुन्थ्यो, केरा खाँदै… खाई सक्नु भयो अनि बोक्रा हुत्याउनु भयो सडकको पेटिमा…
– अर्का महापुरुष अमरावती काठमाडौँ शहरको बाटोमा भएको खाल्टोमा जमेको हिलोलाई ख्याल नगरी कार हुईकाउँदै बाटोको सबै हिलोले हिड्दै गरेका लाचार जनतालाई दशैँमा राम्रो पार्न पोतिएको घर जस्तो बनाईदिनुभयो।
– त्यतिकैमा पुतलीसडक पुगियो अनि देखियो ट्राफिक संकेतलाई पूर्ण वेवास्ता गर्दै रमाउँदै बाटोकाट्ने महान जनता, लाग्छ नेपालीबाटोमा चल्ने गाडी अगाडि हात फर्किएको देखेपछि अाँफै रोकिन्छन्।
– अगाडि बढ्दै गर्दा अर्को नाटक देखियो फेरि, ४-५ जना जनताको समूह सडक पेटिमै अडिएर गफिदै थिए, लाग्छ त्यो तिनको बैठक कक्ष हो।
– एकैछिनमा पुगियो अाकाशेपुल सुपरमार्केटमा… महानगरले नै भन्ला त्यो जनता हिड्न बनाएको हो या पसल थाप्न र माग्न…
– काठमाडौँको मुटु भनिने न्युरोडको दृष्यमा पनि कुनै फरक थिएन… एक जना बुज्रुक महिला हातमा केही लिएर अाउनु भयो अनि भिडको परवाह नगरी सबै बाटोमा छर्नु भयो… त्यो फोहोर थियो, फोहोर…
…
माथि उल्लेखित काम गर्ने सबै ‘महान जनता’ अनि पिडित भएर बसिरहन पर्ने ‘लाचार जनता’… बुझ पचाउन खप्पिस हामीले अाफ्नो गल्ती सुधार्न न कहिल्यै प्रयास गर्यौँ न छिट्टै कहिल्यै गर्ने नै छौँ…
जय होस! नेपालीको…
Leave a Reply