रमाईलो देउसी !!!

सबैलाई – आश होस्
महलको – बाश होस्

बेपत्ता कोहि – नहोओस्
रामबहादुर फर्केर – घर आओस्

झ्यालतिर बन्दुकले – नचियाओस्
बिपतको बाटो – छेकियोस्

संबिधान चाँडो – लेखियोस्
सदनको बैठक – चालु होस्

२० रुपिया धार्नि – आलु होस्
Loadsheeding नभको – रात होस्

खडेरीले बालि – नखाओस्
बाढि र पहिरो – नआओस्

चुनाब हार्ने मन्त्रि – नहोओस्
सरकारको आकार – सानो होस्
बिदेश भ्रमण – थोरै होस्
भ्रमण टोलि – सानो होस्

धारामा सधै – पानी आओस्
देशभित्र तेलको – खानि होस्

मूल्यब्रिधि – बन्द होस्
ट्राफिकजाम – अन्त होस्

फुर्सद होइन – हतार होस्
भान्सामा आलुको – अचार होस्

आमा भन्दा छोरी – जान्ने होउन्
घुस्याहालाई थाममा – बाध्ने होउन्

ज्वाईँले दाइँजो – नमागुन्
दाईत्वबाट – नभागुन्
झूटो बोल्न – नजानुन्

घरमा ग्याँस भाको – सिलिन्डर होस्
बन्द नभको – क्यालेन्डर होस्

रामदेवको जस्तो – फुर्ति होस्
बामदेबको जस्तो – उर्दि होस्

रसिलो पोसिलो – खान्कि होस्
स्याउको जस्तो – बान्कि होस्

कागले सँधै – शुभ बोलोस्
कुकुरले वैरी – धपाओस्
चोरका मासु – चपाओस्

भान्छामा नौनीको – खार होस्
अर्को साल आगनमा – कार होस्

‌ईष्ट-मित्र – राम्रा होउन्
छोरा-छोरीले पढ्न – मन गरुन्

यहाँ आउन काललाई – भय होस्
हजुरको सधैँ – जय होस्

नाचौँ गाउँ रमाइलो तिहारमा – दिगो शान्ति फैलियोस् नेपालमा !!!

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.