– हरिवंश अाचार्य
वाँदर हर्ता, वाँदर कर्ता, वाँदर कै छ प्रशासन!
यो देशमा मान्छेको कहिल्यै देख्न पाईएन शासन!!
च्याँ च्याँ, चुइँ चुइँ, ङ्यार्र ङुर्र, सधैको छ झगडा!
तँ के वाँदर, म पो वाँदर, तँ भन्दा म तगडा!!
संविधान लेख्ने जिम्मा पनि वाँदरले नै पाए!
हातमा कलम लिएर वाँदर, संविधान भवनमा छाए!!
वाँदरहरुले अरबौँको खाईसके मकै!
नेता वाँदर अाईहाले हामी जनता भोकै!!
वाँदर अाखिर वाँदरै हुन्, स्वभावैले छुच्चो!
संविधान लेख्ने कलमको भाँचिदिए चुच्चो!!
भवन भरि पोतिदिए सबै कालो मसि!
बाहिरिए पुच्छरमुनि रातो मसि धसि!!
;))