काठमाण्डु / माघ २५, २०६८ (Feb 08 2012)
कठ्याङ्ग्रिदो जाडोबाट उम्कन खोज्दै गरेको काठमाण्डु सँगै बसन्त ऋतुको खुसियालिमा रमाउँदै गरेका शहरवासीलाई नेपाल छिरेको पश्चिमि वायुले अझ रमाइलो गरायो। हिजो बेलुका देखिनै भइरहेको झमझम बर्षाले वाताबरण केही चिसो तुल्याएपनि धुलो धुँवा विनाको शहर रमणिय देखियो, मैलो शहर पनि पखालियो। मास्क लाएर हिँड्ने भन्दा छाता ओढ्ने धेरै देखिए। विद्यालय, कलेज, कार्यालय जानेहरु कति भिजेपनि, कति विद्यार्थीहरुले त कक्षा ‘बङ्क’ गर्ने राम्रो बहाना पनि पाए, किनकी सिरकमा लुटुपुटु गरेर झ्यालवाट पानी परेको हेर्दै तातो कफीको चुस्कि लिँदा पाइने अान्नद सायादै पाइन्छ कक्षाकोठामा। प्रक्रितिको उपहार रुपि यो बर्षाको झम-झम अावाजले जे होस् रमाइलो गरायो, दु:ख बिर्सायो। मडारिएको बादलले सूर्यका किरणहरुलाई छोप्दा समेत असन्तुष्टिका स्वरहरु सुनिएनन्।
खोई मैले पहिला कतै पढेको थिएँ पानी पर्दा धर्तीको मिठो वासना फैलन्छ रे! चिसोले कठ्याङ्ग्रिएका रुख बिरुवामा नयाँ पालुवा पलाउँछ रे! अनि यहि वर्षा सँगै धर्तीले भगवानको अाशिर्वाद पाउँछ रे! हुन त बर्षा मन पराउने सबैको अा-अाफ्नै बहाना हुन्छ, कवि को कविता लेख्ने, कलाकारले अाफ्नो कलाकारिता देखाउने, मायालुहरुको माया साट्ने। साच्चैनै पानी परेको समय निकै रोमान्टिक हुन्छ। मनै प्रफुल्लित पार्ने झरी मलाई मन पर्ने मौसम पनि हो। चिसो मौसममा परेको पानीले बिरामी पार्ने संभाबना हुँदा-हुँदै पनि रमाइलो गर्ने यस बहानालाई छाडिएन अनि रुझियो धेरै पटक।
तर खोई के बहाना भनुँ या तितो यथार्थ हामी नेपालीहरु बर्षासँगै खुसीनै हुनु परेको छ। किसानहरुको खेत-बारीले जीवन पाएको छ, झरी सँगै हामीले बिजुली देख्न पाएका छौँ अनि धुलो सडकबाट केही राहत पनि। सायद बाटो हिलो हुने गरि पानी नपरेको धेरैनै भएर होला, रहरै रहरको यो काठमाण्डु शहरको भत्कँदै अनि बन्दै गरिएका हिलाम्मे सडकमा जुत्ता घिसार्न मलाई हिच्चाहट भएन किनकी त्यसले असार महिनाको खेतको झझल्को दिन्थ्यो अनि नेपाली गाँउले जीवनको प्रतिबिम्ब। कमलको फूल त हिलोमै फुल्छ भने म हिलो सँग किन डराउने? 🙂
बाहिरी कुरुपता पखाल्न सफल भएको यो झरीले मनका बििक्रत कुरा पनि हटाओस्। सबैले राम्रा कुरा सोचुन्। नयाँ उर्जाको सन्चार होस्। काठमाण्डुको बाटो, पानी पर्दा पनि हिलाम्मे नहोस्। ६०१ को दिमागबाटपनि भ्रष्टाचार पखालियोस् …
यो लेखिरहँदा बाहिर भयानक मेघ गर्जन भइरहेको थियो, अनि झम-झम पानी पनि, झिलिक्क चम्किने बिजुली मन परेपनि गर्जनको अावाज खासै मन पर्दैन, त्यसै कारण मेघ गर्जन बिनाको झम-झम मात्रको अाशा गर्दै म नुनु गर्ने तरखरमा लाग्दै छु।
अन्त्यमा एउटा सम्झना गर्न लायक सुझाव, “पानीमा नभिज है, यसै त रुघा लाग्दै छ, अझ पानीमा भिज्यौ भने झन बिरामी परौला…” 😉
ह्याप्पी झरी!
i too love the rain a loot
listing the music of nabin k bhattari …a ghari ….
Nice sir,idiot box ko software chalauda chalaudai kati chado man bhitra ko software pani chalaunu huncha..bhabhuk cha tapai manche… gud gud