Tag: Politics

  • बिचरा जनता को प्रश्न, अब के हुन्छ?

    May 1 को मजदुर दिवस देखि सुरु भएको राजनैतिक अन्यौल आजको दिन सम्म पनि अन्यौलमै सिमित भएको छ। अनिश्चितकालीन हड्तालसँगै देश र आम-जनता को भविष्य अनिश्चित बन्दै गएको छ। स्कुल, कलेज लगायत प्राय: ठाउँमा भरिएका माओवादी कार्यकर्ता, टुलु-टुलु हेरिरहेका नेपाली जनता र हाम्रै आगन मा ताण्डब मच्चाइ रहेका नेता नाम का नकचराहरु हाम्रा लागि अब नयाँ कुरा हुन छाडिसके।

    माओवादी नेत्त्रित्वको सरकार को राजिनामा पछि सायदै देशमा कुनै राम्रो काम भयो होला। उद्घाटन, बैठक, विदेश भ्रमण, अनि राजनैतिक नियुक्तिमा रुमलिएको सरकार बाट जनताको आशा मरिसकेको छ। राजनिती जितको आधारमा चल्नुपर्ने हो तर मन्त्रिमण्डल हेर्दा लाग्छ जित कुनै आवश्यकता नै होइन।

    जुलुस मा हिडेका मानिसहरु देख्दा लाग्छ हामी धेरै भाग्यमानि छौँ। गरिब र सोझा जनता आफ्नो खेतिपाति र घरपरिवार छाडेर देशको समस्या समाधानको लागि भन्दै नाराबाजि गरिरहेको देख्दा ‘नेपाली जनता भेडा हुन्’ भनेर हाम्रै नेताले भनेको कुरा सहि हो कि भन्ने भान हुन थालेको छ। जुलुसमा सहभागिहरु माओवादी कार्यकर्ता वा समर्थक वा कुनै आशा देखाएर ल्याइएका सोझा जनता जे भएपनि तिनै नकचरा नेताहरुका बन्चरा हुन् जसले आफ्नै खुट्टा मा हान्न उक्साइ रहेका छन्। के तिनिहरु आफ्नै विवेक ले राजधानि आएका हुन ? वा कसैको बलमा ?

    एकातिरका जनता आफ्नो अधिकारको लागि सडकमा छन् अर्कातिर जनता आफ्नो अधिकार खोसिएको अनुभव गर्दै घरमै बसिरहेका छन्। सरकार कानमा तेल हालेर सुतेको छ, उसको सत्ताको चिठ्ठा कहिले खोसिन्छ उसैलाई थाहा छैन। सत्ता टिकाउने प्रयास, बालुवाटारमा दिनहुँ जसो हुन्छ, त्यो बैठकले चिठ्ठाको दिन थपिदिन्छ, सरकार त्यसमै मख्ख छ।

    कथित सरकार बल प्रयोगको बाहाना खोजिरहेको छ, र भन्छ जनताले दु:ख पाएको हामी हेर्न सक्दैनौँ। अहिले सडकमा भएका लाखौँ मानिस जनता होइनन् ? के सरकार तिनै मानिसमथि बल प्रयोग गर्ने कुरा गारिरहेको हो ? के यो सरकार झण्डै १ वर्षे कार्यकालमा जनताले सु:ख पाइरहेका थिए ?

    जुलुस, नाराबाजी, नाचगानको संयमता लाई हेर्दा यो आन्दोलन हो या विजय जुलुस हो छुट्याउन गाह्रो छ। तेस्रो दिन सम्मको घटना हेर्दा स्थिति केहि तनावपुर्ण बन्दै गइरहेको छ। भोलिका दिनहरुको कलपना गर्न पनि गाह्रो छ। धैर्यतालाई कायमै राखेर आन्दोलन सफल होला ? अथवा यहि क्रम जारी रहन्छ ? प्रश्न अनुत्तरित छन् … … …

    बिगत धेरै बर्ष देखि निरन्तरता पाइरहेको आम हट्तालले देशको शैक्षिक तथा उद्योग क्षेत्र ठप्प प्राय छ। कैयौँ प्राबिधिक जनशक्ति पलायन भएको छ, र अरु धेरै त्यहि क्रम मा छ। तिनिहरुलाई देशमै कामको वातावरण सिर्जना तर्फ कसैको ध्यान छैन। सत्ता समिकरणमै लिप्त राजनितिक दलहरुबाट त यस्ता कुराको के आशा गर्नु … … …
    🙁