माया अथवा प्रेम विभिन्न प्रकारका उपमाहरुसँग जोडिन्छ जस्तो संसार अथवा जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, आफ्नो प्रियसीलाई गरिने माया, शन्तानलाई गरिने माया इत्यादि । जहाँसम्म माया गर्दैमा पाउनै पर्छर ? भन्ने सवाल छ त्यसमा यदि तपाईले वा अरु जो कसैले यदि साच्चिकै माया हृदयदेखिनै माया साँचो र चोखो माया गरेको छ भने पाउनु र गुमाउनुमा केहि फरक पर्दैन । पाउनै पर्छ भन्ने पनि छैन र गुमाउनु नै पर्छ भन्ने पनि छैन । किनकि तपाईले उसलाई साँचो र चोखो माया गरेको हुन्छ । जबसम्म यो जगतमा तपाईले माया गरेको चीजको अस्तित्व रहिरहेको हुन्छ तबसम्म उसप्रति तपाईको माया प्रेम रहिरहन्छ । त्यसैले त भन्ने गरिन्छ अमर, साँचो र चोखो माया मिलनमा मात्रै होइन विछोडमा पनि टुगिन्छ । तबमात्र तपाईले माया प्रेम गरेको पुष्टि हुन्छ नत्र भने केवल आकर्षक र वासना मात्रै भन्न सक्छ त्यसलाई माया प्रेम जस्तो पवित्र शब्दद्घारा पुकारिन मिल्दैन । तपाई हामीले सुनेको र पढेको पनि हुन पर्छ राष्ट्रिय अन्तराष्ट्रिय साहित्यकार लेखकहरुको कथा उपन्यास कविताका माया प्रेम गर्ने पात्राहरुको कथा “मुना र मदन” को माया प्रेमको कथा, “लैला र मजनु”, “रोमियो एड जुलियट” आदिका प्रेम कथा जुन अमर प्रेमको रुपमा विश्वमा नै चर्चित छन् । यदि त्यी माया प्रेमको जोडीले पाउनु मात्रै माया भनेको भए के तीनीहरुको माया प्रेमले विश्वमा यतिधेरै चर्चा पाउथ्यो होला अनि विश्वले नै माया प्रेमको परिभाषामा उनीहरुको कथा जोडिथ्यो र ?
“जीवन र जगतमा रहेका चेतनाशिल प्राणीले सजिब अथवा चेतनाशिल प्राणी तथा निर्जीब पदार्थलाई आत्मिय सामिप्यता कामय गर्ने भावनात्मक समप्र्रण हो” । माया प्रेम नै जीवनको पूर्णता हो । तर माया को साथैसाथै घृणा पनि यो जगतको शृष्टिसँगसँगै आएको भावना वा स्वाभाव हो त्यो स्वाभाव पनि सबैमा हुन्छ तर घृणा हामीले केवल असत्य र अन्यायलाई मात्रै गर्नुपर्दछ ।
भनिन्छ नी खुकुरीको पीर अचानोलाई थाहाँ हुन्छ भनेझै माया प्रेमको ब्यथा माया प्रेम गर्नेहरुलाई थाहा हुन्छ तर माया प्रेम सबै चेतनाशिल प्राणीहरुमा हुन्छ विशेष गरि हामी मानवमा । मरुभूमिमा यदि पानीको कुवा छ भने नसुकुन्जेल सम्म पानीको मूल्य थाहा हुदैन जब पानी सुक्छ अनि त्यसपछि मात्रै थाहा हुन्छ पानीको मूल्य कति हुदोरहेछ भनेर त्यसैले माया प्रेम भनेको चेतना सहितको जीवन र जगत हो ।
प्राय माया प्रेम मनबाट शुरु हुन्छ । शरीरिक आकर्षण प्रेम वा माया होइन तर कहिलेकाही शरीरक आकर्षणबाट शुरु भएको माया यानीकि प्रेम मनसम्म पुगेको प्रसंग पनि छ । त्यही शिलशिलामा एउटा भावनात्मक कथा प्रस्तुट छ, प्राचीन विहार राज्यको बैशाली नगरमा एक अद्भुत सुन्दरी बस्थिन् । त्यहाँ उनको ठूलो इज्जत थियो । एक दिन उनको महलको बाटो हुँदै एक अत्यन्त तेजस्वी बौद्घ भिक्षु कतै जाँदै थिए । भिक्षुको आकर्षक शरीर देखेर सुनदरीलाई उनीसँग शारीरिक सम्पर्कको इच्छा भयो । केहि दिनपछि भिक्षु त्यही बाटो भएर फर्कदा उनले आफ्नो इच्छा भिक्षुलाई बताइन् । युवक भिक्षु भएकाले सुन्दरीको इच्छा पुरा गर्न सक्ने कुरा त भएन तर फेरि आउने बचन दिए । लामो समय वित्यो तर भिक्षु आएनन् । भिक्षुलाई पर्खिदा पर्खिदा सुन्दरी बूढी र रोगी भइन । उनले कमाएको सम्पत्ति पनि सकिदै गयो । उनी एक्ली भइन् । यो थाहा पाएर भिक्षु उनको सेवा गर्न आए । उनलाई साँचो प्रेम गरे । अन्त्यमा तिनले भिक्षुकै काखमा देहत्याग गरिनन् । यहाँ शारीरिक आकर्षणबाट शुरु भएको माया प्रेम मनसम्म पुग्यो । कैयन ब्यक्ति मनको नाता जोड्ने बाटोमा शरीरलाई व्यवधान मान्छन भने कोही शरीर नै मनसम्म पुग्ने माध्यम हो भन्छन् ।
Leave a Reply