बन्द गर्छु भन्ने विद्यार्थी संगठन लाई कडा ५ नम्बर ;) #बन्द फिर्ता

पद र पहिचानबीचको महान् अन्तर [आदि/इत्यादि] – विजयकुमार

५) नेपालका शीर्ष भनिएका नेताहरूले कोठाहरूमा प्रयोग गर्ने ‘बाध्यात्मक स्थिति र बाध्यकारी शक्ति’ प्रति सम्पूर्ण राष्ट्रको ध्यानाकर्षण गराउन चाहन्छु । मानिसको झैं राष्ट्रको जीवनमा पनि यदाकदा केही बाध्यात्मक अवस्थाहरू निर्माण हुन सक्छन्् । तर नेपालमा नेताहरू आप्mनो मनपरितन्त्र छोप्न हरकुकृत्यलाई हरदिन ‘बाध्यकारी’ भनेर उन्मुक्ति लिन खोज्ने निन्दनीय प्रचलन सुरु भएको छ । जो नेताले हरदिन बाध्यतामा निर्णय गर्छन् त्यो नेता होइन । हरदिन बाध्यतामा निर्णय गर्नुपर्ने मानिसलाई नेता मानेर जो-जो कार्यकर्ता छन््, ती पनि दोषमुक्त हुन सक्दैनन्् ।

सुन्दछु, लोकमान प्रकरणमा विद्यार्थी संगठनहरूले उपत्यका बन्द गर्दैछन्् रे । यो प्रकरणमा चार दलसम्बद्ध कुनै पनि संगठनलाई विरोध गर्ने नैतिक हक छैन । विद्यार्थी नेताहरूलाई भन्न चाहन्छु, ‘बन्द गर्नु नै छ भने आ-आफ्ना शीर्षनेताहरूलाई तिनको घरभित्रै बन्द गर । निरीह जनतालाई दुःख दिएर आफ्नो कायरता प्रदर्शन नगर । शक्तिशालीका अगाडि जायज कुरामा उभिने गुणलाई ‘सौर्य’ भनिन्छ । कमजोर र गरिब जनतालाई दुःख दिने काम कायरताको प्रतीक हो ।

हरामीपनको पनि हद हुन्छ । नेता राति-राति दस्तखत गर्छ, उसकै भ्रातृ संगठनका कार्यकर्ता दिउँसो बन्द गरेर सामान्यजनलाई सास्ती दिन्छ । हे विद्यार्थी नेता हो ! तिम्रो साहस सक्कली हो भने आपmना नेतालाई उसैको घरमा बन्द गर ।

चार दल अग्रगमनका प्रतीक हुने र तिनैको सिफारिसमा आएको एक्लो लोकमानसिंह कार्की प्रतिगमनका नाइके हुने भन्ने जस्तो वाहियात कुनै अर्को तर्क हुन सक्दैन । भाइहरूको साहस सक्कली हो भने पुतला लोकमानसिंह कार्कीको होइन, आ-आपmना शीर्षनेताहरूको जलाऊ । होइन भने यस्तो सस्तो नाटक नगर । नाटक गर्नै नै हो भने अलि स्तरीय नाटक गर भाइहरू । गुरुकुल, सर्वनाम र मन्डला थिएटरमा भर्ना खुल्ला छ ।

हो, मोहन वैद्यको ३३ दलीय गठबन्धन वा अन्यलाई भने यो प्रकरणमा विरोध गर्ने नैतिक हक छ । किनभने उनीहरू यस प्रकरणमा वैधानिक रूपले सहभागी थिएनन् ।

[पुरा: कान्तिपुर दैनिक, पृष्ठ ३]

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.