लुट : बल हैन पासा बुड्डि लगा बुड्डि!

Lootफिल्म: लुट, ९/१०

लेखक तथा निर्देशक: निश्चल बस्नेत

कलाकार: सौगात मल्ल, दयाहा राई, कर्म, प्रतिकराज न्यौपाने, सुशील राज पाण्डेय, प्रबिण खतिवडा, ऋचा शर्मा, सिर्जना सुब्बा ।

जब जब सपनाले अाकाश छुन थाल्छ, दिमाग शैतानको घर बन्छ, अनि जीवन बग्छ पैसाको पछि पछि… अझ भनौँ खरानीबन्ने बाटो तिर। चाहनाको भारी बोकेर राजधानी काठमाडौँ भौतारिने युबाहरुको सपना जब ओरालो लाग्न थाल्छ, अनि जन्मन्छ अापराधिक मनस्थिति र ऊ भडकिन्छ अरु कसैको सानो अास्वासनमा… त्यहि अास्वासन रुपि भ्रममा २ घण्टा १० मिनेट बग्छ नेपाली फिल्म लुटको कथा।

चलचित्रको प्रमुख पात्र हाकु पेशाले भट्टि साहु हुन्छ तर उसको चाडैँ धनि बन्ने सपना पुरा गर्न उसले एउटा योजना बनाउँछ (उस्कै नेवारी लवजमा – मास्तर प्लान) अनि त्यहि मास्तर प्लान लाई पुरा गर्न उसले चार जना यस्ता युबाहरुलाई सामेल गराउँछ जसलाई पैसाको सख्त जरुरत छ। आफ्नो प्लानमा सामेल गराउनु भन्दा अघि हाकुको नेवारी लवजको प्रश्न सिनेमा हेर्ने सबैको मुखमै झुन्डिन्छ, (बल हैन पासा बुड्डि लगा बुड्डि, म सँग बैंक लुत्ने मास्तर प्लान छ, अाँत्छस् ?)। नरे को भुमिकाको कर्म (पेशाले डान्सबारमा बाउन्सर अनि १ नम्बरको जुवाडे, जसले ऋण गरेरै जुवा खेल्छ), खत्रि बन्ने प्रतिकराजको पेशा ठमेलमा नेपाली तथा बिदेशीलाई ड्रग्स र हतियार (फिल्मको भाषामा – सामान) बेच्ने हुन्छ, अनि अरु दुई पात्र गोप्लेको रुपमा दयाहाङ र पाण्डेयको रुपमा सुशील छन् र दुबै कुनैपनि पेशामा संलग्न छैनन्, तैपनि भट्टि जाने दुबैको बानी हुन्छ र त्यहि बानीले धेरै दु:ख पनि निम्त्याउँछ। पाण्डेयको प्रेमिका अायशा (ऋचा शर्मा) र हाकुको श्रीमति पुतली (स्रिजना सुब्बा) को सानो भूमिकालेपनि ऊनीहरु बिचको प्रेमलाई राम्ररी दर्शाउँछ। पाण्डेय र अायषाको प्रेम विवाहमा परिणत नहुनुमा बाधक पनि पैसानै हुन्छ, त्यहि कारण र गोप्लेको भनाइले ऊ पनि मास्तर प्लानमा सहभागि हुन्छप्रेमलाई प्रस्तुतिकरण गर्ने सिर्जनात्मक तरिका देखिने बिरलै नेपाली सिनेमामा यसको सानै द्रिश्यपनि सम्झन लायक छ।

यु-ट्युबमा पहिलेनै हिट भएको सुष्मा कार्कीको “उध्रेको चोली”ले पनि फिल्ममा मनोरन्जन थप गरेको छ। प्राय नेपाली सिनेमामा देखिने प्लास्टिकको फुलमाथि हिरो-हिरोइनको नाच तथा हा-हा-हु-हु यसमा छैन, त्यो नहुनुनै लुटको नयाँ र राम्रो पक्ष हो।

पात्रहरुको धनी बन्ने सपनाको लागि हाकुको ‘बैंक लुट्ने मास्तर प्लान‘ नै लुटको प्रमुख कथा हो, जुन साच्चैकै मास्टर प्लान नै छ। बैंक लुट्ने बन्दुक दिएपनि त्यो प्लास्टिकको हो या साच्चैको भन्ने पनि थाहा हुन्न, पात्रहरुनै बन्दुक देख्दा तर्सिन्छन, त्यो सिनेमा भरिनै चल्दैन पनि, खालि तर्साउछ मात्र! जबकि अरु नेपाली सिनेमामा गोली चल्नु अनौठो होइन भन्ने कुरा ट्रेलरमात्र हेर्दा नै प्रष्ट हुन्छ। कथा असाधारण छैन, त न नौलो नै… हाकुको बल र बु्द्दिको सहि सदुपयोग गर्ने मास्टर माइण्डले अन्त सम्मनै दर्शकलाई बाधेर राख्छ। पैसा लुटेर बराबरी बाँड्ने योजना भएपनि पात्रहरुले सोँचेको अा-अाफ्नो स्वार्थ र धोखा दिने प्रयास माथिको कडा प्रहारको फिल्ममा बिशेष महत्व छ। साथै गोप्लेको बेला-बेलामा ठट्टा गर्ने बानीले पनि हलमा अट्टाहस फैलाउँछ। सिनेमामा साधारण विषयबस्तुमाथि पनि राम्रो प्रस्तुतिकरणले खस्कदै गरेको नेपाली सिनेमा जगतलाई राम्रो पाठ सिकाएको छ र अन्य पुरातन सोँचका निर्माता-निर्देशकलाई गज्जबको झापड पनि।

एउटा सिनेमा राम्रो बन्न निर्देशन, अभिनय, छायांकन, कथा बिच तालमेल हुनु नितान्न अावश्यक छ। लुटमाको यि सबै पक्षहरु बिच राम्रो सन्तुलन छ। प्राय नेपाली सिनेमामा हिरो-हिरोइनलाई घोकाइने संवाद बाट लुट मुक्त छ। पात्रहरुको बोलिचालीकै भाषा शशक्त छ, थोरै प्रेमका कुरा, केहि रमाईला कुरा अनि अन्य सामान्य तथा क्रुर कुराहरु परिस्थिति अनुसार सशक्त छन्, अझ हाकुको नेवारी लवज त सार्हैनै घत लाग्ने। बन्दै गरेको अग्लो घरको द्रिष्यमा होस् या गल्लि गल्लि मा लखेटिएको, छायाकारले राम्रो तालमेल मिलाएका छन्। संगित पक्षपनि सबल छ।

नेपाल सेन्सर बोर्डले यो सिनेमा लाई एडल्ट सर्टिफिकेट दिइ सकेपछि पनि संवादमा टुंट टुंट थप्नुको कुनै तुक छैन। पात्रहरुको भूमिका र काम अनुसार त्यसका संबाद तथा धुम्रपान तथा मध्यमानका द्रिष्य पाच्य नै छन्। समग्रमा लुट हेर्दा तपाईले पनि खुब मनोरन्जन लुट्नु हुनेछ साथसाथै सोच्नु हुनेछ कि … के म साँच्चै नेपाली सिनेमानै हेर्दै छु?

{यो मेरो नितान्त व्यक्तिगत धारणा हो।}

Comments

One response to “लुट : बल हैन पासा बुड्डि लगा बुड्डि!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.