खोई सुरुवात कहाँबाट गर्ने! भनिन्छ, बिबिध उतार – चढावहरु सँगै बग्ने नदीजस्तै हो जीवन! बाटोमा भेट हुने अनगिन्ति समस्याहरु सँग पैँठे-जोरी खेल्दै अाफ्नो लक्षमा अगाडि बढ्दाको रमाइलोनै बेग्लै हुन्छ। बाटोमा भेटिने बिभिन्न मानिसहरुसँगको अन्तरक्रियाले दिएको सकारात्मक तथा नकारात्मक प्रभावको पनि अाफ्नै महत्व हुन्छ। हामी सकारात्मक प्रभावलाई धेरै सम्झिरहदैनौँ, तर जीवनमा नकारात्मक प्रभाव पार्ने व्यक्ति वा घटनाले बेला बेलामा झस्काई रहन्छ अनि उत्तर गर्न गार्हो पार्ने प्रश्न उब्जाइ रहन्छ। के हामीले भेटेका सबैलाई बिश्वास गर्न सक्छौँ? तिनिहरुले केहि नराम्रो गर्दैनन् भन्ने विश्वास गर्ने केही अाधार छ? खुट्टा तान्ने संस्क्रिति व्याप्त समाजमा शत्रु र मित्र छुट्याउन पक्कै पनि सजिलो छैन। सानो बोल्दैमा र न्याउरो अनुहार बनाउदैँमा कोहि बिश्वासिलो ठहरिदैँन। राम नाम जप्नेहरुनै छुरा धस्न माहिर हुन्छन्। अाफ्नो जिम्वेवारीको गलत उपयोग गरि साथीभाई पोस्ने भ्रष्टाचारी र स्वार्थी चरित्रले शैक्षिक संस्थापनि बिक्रित बन्दै गएका छन्।
जीवनमा धेरै साथीहरु कमाइयो, धेरै शुभ-चिन्तकहरु कमाइयो… जुन कुरा कहिल्यै पनि कमाउन नपरोस भन्ने लाग्थ्यो अहिले त्यहि कुरा कमाइएको छ, शत्रु! अाफ्नै दोश्रो घरभित्रको शत्रु! ब्यक्तिगत रिसिविलाई अाफ्नो जिम्वेवारीमा घुसाउने शत्रु, बिद्यार्थीहरुको भबिष्य सँग खुलेआम बलात्कार गर्ने शत्रु। शिक्षण जस्तो सम्मानित पेशामा लागेर प्राज्ञिक चरित्र देखाउन नसक्ने र बिद्यार्थीहरुको मनोबल गिराउन अग्रसर भेँडाको झुण्ड देखेर खेद प्रकट गर्नु भन्दा अरु बिकल्प छैन। कहिले यता कहिले उता कुद्ने ति मान्छेको रुपमा प्रकट भएका साङ्लाको अन्त्यको लागि एउटा कुचोनै काफी छ। केही समय अघि देखिको शित युद्ध अब माथि उठेको छ, बास्तबिक मैदानमा। मलाई शत्रुहरु सँग केहि समस्या थिएन, न त म भिड्न नै चाहन्थेँ तर त्यहि धैर्यतालाई प्रयोग गरि भावना र भबिष्यमा गम्भिर चोट पुग्ने कार्य गरिएपछि, भिड्न संकोच मान्ने प्रश्न सायद अब अाउने छैन, न त अब त्यो फोहोर अनुहारले कहिल्यै माफी नै पाउने छ।
अब्राहम लिंकनले भनेका थिए, ‘साथी त्यो हो जसको शत्रु र तिम्रो शत्रु एउटै हुन्।’ साच्चैँ हो! यो शत्रु हामी सबैको शत्रु… मेरो शत्रु अनि साथीहरुको पनि।
प्रतिकुल परिस्थिति र भारी मनलाई सम्झाउने प्रयास गर्दा गर्दै पनि आफूले गर्दै नगरेको गल्तिको सजायलाई स्विकार गर्न अत्यन्त गार्हो हुँदो रहेछ तैपनि अाशा गरौँ सत्यको जीत अवस्य हुनेछ।
Leave a Reply