किन चाहिन्छ MCC?

आजकाल यो MCC! MCC! भन्ने हल्ला खुबै सुनिएको छ, आफ्नै विषयमा यतिठुलो हल्ला हुँदा चुप बस्न त भएन नि, कि कसो? MCC भनेको के हो भन्ने थाहा छैन भने त तपाईँले यो पढ्नै पर्छ। हैन मलाई यो सबै थाहा छ भन्ने लाग्न भने पनि आई त हाल्नु भो, फेरी पढ्दिनुस एक चोटि …

MCC अर्थात मोबाइल क्लाउड कम्प्युटिङलाई मोबाइल कम्प्युटिङ, क्लाउड कम्प्युटिङ, र वायरलेस नेटवर्क को संयोजन को रूप मा परिभाषित गर्नु पर्दछ। मोबाइल क्लाउड कम्प्युटिंगले ईन्टरनेटमा आधारित भएर सेवा दिने Application हरुलाई बिभिन्न मोबाइल उपकरणहरु मार्फत चलाउनको लागि वातावरण प्रदान गर्छ। यस प्रविधिको माध्यमवाट Application हरु चलाउँदा डाटा प्रशोधन, र डाटा भण्डारणको काम मोबाइल उपकरणहरुभन्दा बाहिर हुन्छ जस्को कारण मोबाइल उपकरणले धेरै दुख पाउँदैनन। प्रयोगकर्ताले मोबाईल Application को माध्यमवाट Request दिन्छन् जुन Request ईन्टरनेटको माध्यमवाट सेवा प्रदायकको सर्भर सम्म पुग्छ, सर्भरले प्रयोगकर्ताले खोजेको कुरा प्रशोधनगरी गरी निस्केको जानकारी Response को रुपमा मोबाईल Application मै पठाउँछ र प्रयोगकर्ताले सो कुरा हेर्न पाउँछन। Data प्रशोधनको काम आफ्नोमा गर्न नपर्ने भए पछि साधारण मोबाइलको माध्यमबाट पनि गार्हा काम सजिलै गर्न सकिन्छ, हेर्नुस त, कति सजिलो…

तपाईँले मोबाईलमा चलाउने Gmail, Outlook लगाएतका Application को माध्यमवाट तपाइँले ईमेल जाँच गर्दा मोबाइल क्लाउड टेक्नोलोजी को उपयोग गरीरहनुभएको छ। चाहे त्यो ट्विटर, इन्स्टाग्राम, फेसबुक, वा युट्युब जुन सुकै सामाजीक सन्जाल प्रयोग गरेको किन नहोस तपाईँले खोजेको जानकारी पाउन वा तपाईँले अरुलाई देखाउन खोजेको केही कुरा दिन मोबाइल क्लाउड कम्प्युटिङकै भुमिका महत्व पुर्ण छ। Daraz को Application प्रयोग गरि कति किनमेल गर्नुभएको होला, मोबाइल क्लाउड कम्प्युटिङ
बिना त्यो संभब थिएन नि। लागत मैत्री, लचीलो, साझा संसाधनहरुको प्रयोग, एकीकृत डाटा प्रणाली आदि अरु फाईदा त कति छन कति!

मोर्डोर इन्टेलिजेन्सका अनुसार सन २०२६ सम्ममा मोबाइल क्लाउडको झण्डै १२० बिलियन डलर पुग्छ रे, मोबाईल क्लाउडको वृद्धि दर हेर्ने हो भने नेपाल लगायत यसका वरिपरिका छिमेकी देशहरु संसारमै अगाडी छन अनि यसरी विस्तारित भईरहेको प्रविधिलाई नअँगाली सुखै छैन नि! मोबाइल कम्प्युटिङको शक्ति संग आफ्नो व्यवसायको अवसरहरु खोज्न पो पर्छ त…

MCC का फाईदै मात्र छन् त भन्नुहोला, त्यसो पनि हैन, चुनौतीहरु पनि छन् टन्नै। मोबाइल क्लाउडका Application हरुले टाढा कतै रहेको सर्भरमा डाटा प्रोसेसिङ गर्छन, त्यो कामजहिलेपनि छिट्टो हुन्छ भन्न सकिन्न किनकी उनीहरुले सार्वजनिक नेटवर्कनै उपयोग गर्ने हुन, कहिलेकाहिँ प्रतिक्रिया ढिलो पनि आउन सक्छ। MCC को उपयोग गर्न को लागी इन्टरनेटमा तपाइँको राम्रो पहुँच चाहिन्छ। यदि तपाइँ कम कनेक्टिविटी को क्षेत्र मा हुनुहुन्छ भने Application को उपयोग मा समस्या हुन्छ। अनि अर्को महत्वपुर्ण चुनौती चाँहि, तपाइँ विक्रेताको लक-इनमा पर्न सक्नुहुन्छ, त्यो भनेको एउटा क्लाउड सेवा प्रदायक लिईरहेको सेवा अर्को क्लाउड सेवा प्रदायकमा सर्न अप्ठेरो हुनु हो। त्यसैले सेवा लिन भन्दा पहिला नियम र शर्तहरु मज्जाले जाँच गर्न पर्छ है। जब MCC को कुरा आउँछ, डाटा सुरक्षा र गोपनीयता अर्को ठूलो चिन्ता को विषय बन्छ, जुन एकदमै जायज हो किनकी मोबाइल प्रयोगकर्ताहरु अक्सर आफ्नो नेटवर्क को माध्यम बाट आफ्ना संवेदनशील जानकारी पनि प्रदान गनुपर्दछ, जस्तै किनमेलको पैसा तिर्दा दिईने कार्ड डाटा, डिजिटल वालेटको Username र Password आदि। त्यस्ता कुराको सुरक्षाको लागि के सुरक्षा प्रविधि अपनाएका छन् थाहा पाईराख्न पर्छ। सबै कुरा मोवाईल Application बाटै चलाउँदा Battery चाँडै सकिन्छ भनेर त के भन्नु र है…

मोबाइल क्लाउड कम्प्युटिङ online मा आधारित व्यवसायलाई त शक्तिशाली प्रविधि हो जसले क्लाउड कम्प्युटिङ प्रयोग गरेर मोबाइल उपकरणहरुलाई सेवाहरु वितरण गर्न को लागी प्रयोग गर्दछ। वास्तविक समयमै लचिलो र बजेट मैत्री रुपमा काम गर्दिने एमसीसी एकदमै लाभदायक छ, सुरक्षा र गोपनीयताका चुनौतीहरु चाँहि कम गर्दै लानु पर्छ। जे होस्, MCC अब ईन्टरनेटमा लामो समय रहन्छ भन्ने कुरामा कुनै शंका छैन, प्रविधी बेला बेला परिस्कृत होला तर यस्लाई अघि बढ्न रोक्न भने संभब छैन।

हैन म चलाउन्न यस्ता केही भनेर नोकिया १०१ बोक्न थाल्नु हुन्छ भने त मेरो भन्नु केही छैन है!

ओहो यहाँ सम्मै पढ्नु भयो? आहा! कति राम्रो मान्छे… 😉

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.