यो जे पनि हुन सक्ने शहर, काठमाण्डु!

Movie: Kathmandu… anything can happen in this city.
Written and Directed: Akash Adhikari / Producer: Akash Adhikari and Ben-Nabin Adhikari.

Released Date: Feb 03 2012 / Magh 21 2068

Cast: Akash Adhikari, Resh Marhatta, Gauri Malla, Samyukta Rana, Arjun Shrestha, Prapti Ghimire, Ben-Nabin Adhikari, Sunil Dutt, Subhatra Adhikari र अरु टन्नै… Guest: Ani Choying Dolma and Indian (Singer-Actor) Sukhwinder Singh.

‘लुट’ले नेपाली चलचित्र क्षेत्रमा ठुलै खलबलि मच्चाएको धेरै भएको छैन। चलचित्र क्षेत्रमा सङ्कट काल लाउन पर्छ भन्ने पुरातन चलचित्र कर्मीलाई पाठ सिकाउन सफल उत्त चलचित्रले धेरै पछि ब्यबसायीक रुपमा पनि बाजी मार्न सफल भयो। त्यतिमात्र हैन, नेपाली चलचित्र हेर्न हिचकाचाउने दर्शकलाई पनि ‘नेपाली चलचित्र राम्रो बन्दो रैछ है’ भन्न बाध्य पनि बनायो, जुन समुहमा म पनि थिएँ।

काठमाण्डु, हाम्रो राजधानी शहर, थरी थरीका मान्छेहरु, थरी थरीका काम, बिबिध संस्क्रिति अनि बुझ्न नसकिने समाज… यहाँ कुनै क्षेत्र छैन जहाँ केहि समस्या नहोस! सडक देखि महल सम्म सबैतिर बिक्रिति मात्र छ। समाज र संस्क्रितिमा परेको पश्चिमि प्रभावले एक-अर्काको सम्बन्धमा नै धावा बोल्न थालिसकेको कुरा कहिँ लुकेको छैन। सूचना तथा सन्चारको प्रभाव तथा युवा पुस्ताको बिदेशी कुराको नक्कल गर्ने मोह मिश्रित मनस्थितिले शहरी समाजलाई परिवर्तन गर्दै लगेको तीतो यथार्थ अब हामी माझ नौलो छैन। मानविय संबेदना भन्दा वस्तुवादि मनस्थिति हावी हुँदा समाज अन्धो बन्दै छ र पारिवारिक सम्बधमा चिसोपन अाउने घटना बढ्दै गएको छ। अाधुनिकिकरण को यस्तो प्रभावले देशका युवा पुस्ता लाई खाडलमा धकेलिरहेको छ। धुम्रपान तथा मध्यपान, लागुअऔषध, सेक्स, डिस्को, पार्टीमै मस्त युवा जमातले देश तथा परिवारलाई सहयोग पुर्याउनुको सट्टा झन बिक्रिति फैलाइरहेका छन। दिशाबिहिन भएर हिडेका युवाहरु लाई सहि बाटोमा डोर्याउनु पर्ने परिवार आफैँ कलह मा हराउनु समाजकै लागी लज्जासपद विषय हो।

logo_kathmandu_sarojpandey.com.np

नेपाली चलचित्रप्रति जिग्यासा राख्नुहुन्छ भने तपाइँहरुलाई थाहा नै होला, अाजैबाट राजधानीमा ‘काठमाण्डु …यो शहरमा जे पनि हुन सक्छप्रदर्शनमा अाएको छ। चलचित्रले बुझाउन नसकेपनि, अाफैँ बुझ्दा, बर्तमान परिप्रेक्षको शहरको कथा नै हो, ‘काठमाण्डु’, जहाँ सधै अाफ्नै तरिकामा रमाईरहन खोज्ने, चलचित्रकै शब्दमा ‘MMS’ र ‘Internet’ जमानाका युवा पुस्ता र तिनिहरुको अभिभावक सँगको सम्बन्धलाई देखाउन खोजिएको छ। युवा पुस्ता र तिनिहरुमाथि परिवारको दायित्व सधै उनिहरुको ब्यक्ति्व बिकाशमा हुनुपर्ने हो तर परिवारको सदस्यहरु बिचनै उत्पन्न भएको फाटोले सिर्जना गरेको अस्वभाविक परिस्थितिमा रुमल्लिएको समाजको सानो चित्रणको असफल प्रयास हो, काठमाण्डु।

Story Plot

‘The SKY Movies’को ब्यानरमा निर्माण भएको यस चलचित्रमा अार्यन (आकाश अधिकारी, United Film Institute of America को गोल्ड मेडलिस्ट) अाफ्नो पढाईपछि देशकै समाज, संस्क्रिति, रीति-रिवाज तथा बिबिध महत्वपुर्ण स्थानलाई चलचित्रको माध्यमबाट बिश्वसामु चिनाउने महत्वकाक्षी योजनाको साथ नेपाल अाउँछ, उसलाई लाग्छ कि! नेपालको समाजमा उसले सजिलो सँग काम गर्न सक्नेछ, तर जब ऊ नेपालमा आइपुग्छ, सबैथोक सोँचे भन्दा उल्टो हुन्छ। राजनितिक दलहरुको बन्द र हट्ताल (जहाँ साना बालबालिका बोकेको स्कुल बसलाई पनि जलाईन्छ), रोजगारीको समस्या (राम्रो पढेकाले पानि जागिर पाउदैनन्), पेट्रोलियम पदार्थको अभाव (स्टोभमा राख्ने मट्तिेल समेत छैन), अदालतको ढिलासुस्ति (७-७ बर्ष सम्म पनि अदालत धाइ रहन पर्छ), सडक बाल-बालिकाको नाजुक स्थिति… अनि यस्तै यस्तै अनगिन्ति समस्या ऊ बिश्वासनै गर्न सक्दैन। अझ, अाफ्नै परिवारभित्र डेरा जमाएर बसेको सम्बन्धको जटिलता देख्दा उ छाँगा बाट खसे जस्तै हुन्छ। त्यसैगरि अार्यनको भतिजि सिम्रिक (प्राप्ति घिमिरे) (पुर्व मिस नेपाल तथा फेसन डिजाइनर अामा सम्युक्ता (सम्युक्ता राणा) र बिजनेस म्यान अजय (अर्जुन श्रेष्ठ) कि छोरी) तर अामा – बुबाको मनमुटावले सँगै समेत नबसेको स्थितिमा, छोरीले परिवारको माया खासै पाउँदिन। अाफ्नो मोडेल अामा र प्राय: सँगै हुने फोटोग्राफर सुनेय (सुनिल दत्त) को बारेमा बाहिरी समाजले गरेको नाजायज सम्ब्न्धको गाँइ-गुईँ ले पनि उसलाई मानसिक तनाब दिन्छ, फलस्वरुप उ नराम्रो सँगतमा फस्न पुग्छे। त्यस्तै प्रक्रितिको अर्को परिवार कि छोरी अास्था पनि परिवारको मायाबाट बन्चितनै हुन्छे, ‘Police + Politics + Partnership = Power’ मान्ने अामा, माया (गौरी मल्ल) र त्यहि महत्वकाक्षांलाई सहन नसकेर अमेरिका गई बसेको बाबु अमर (नविन अधिकारी) को राम्रो साथ नपाउँदाको प्रभाव अास्थाको जीवनमा प्रष्ट देखिन्छ। साथै अरु धेरै युवा जमात लागु अौषध, चेली-बेटी बेचबिखन तथा अबैध चलचित्रको धन्दामा समेत सामेल हुन्छन। तर अर्को तिर रेश (रेश मरठ्ठा) र उसको बहिनि जसको बुबा संसारमा नहुँदा पनि सामाजिक सेवामा संलग्न अामा (सुभद्रा अधिकारी) को राम्रो साथ र मायाले उनीहरु सुमार्गमा अग्रसर हुन्छन, तर चलचित्रको अभिनय हेर्दा भने रेश अलमलिएको छ, अाफ्नो रक स्टार बन्ने सपनामा। त्यस्तै गरि दुई देश, भिन्नै संस्क्रिति, भिन्न धर्मका अार्यन र रियाको प्रेम सम्बन्धले माया (Love) र अात्मियता महत्वपुर्ण हो भन्ने दर्शाउ्ँछ। राम्रो संगतले मान्छेलाई राम्रै बाटोतिर डोर्याउँछ भने खराब सँगतले खराब तिर नै। एक अर्का सँग केहि सम्बधमा बाधिँएपनि अधिकांश पात्रहरु अाफ्नो स्वार्थ पुरा गराउनको लागी जस्तो सुकै तरिकाले गिर्न पनि पछि हट्दैनन्। स्वार्थी समाज र मानविय संवेदनाको नाटकिय उतार-चढाव मिश्रित शहरका बिबिध घटना सँगै सुखद अन्त्यको लागि ‘काठमाण्डु’ अघि बढेको छ।

– – –

माथि लेखेको कथा पढ्दा त राम्रै लाग्न सक्छ तर चलचित्रको कथा दर्शकले बुझ्ने त प्रस्तुतिकरणबाटै हो, जुन काठमाण्डुमा छैन भन्दा नै बेश हुन्छ। परिवारको किचलो, सेक्स, लागु अौषध, चेली-बेटी बेचबिखन, अबैध चलचित्रको धन्दा, गरिबी, अभाव, अमेरिकन ग्रीन कार्ड अादि-अादि धेरै द्रिष्य मिसिएको ऊँट हो काठमाण्डु। बिषेश गरि संभ्रान्त बर्गको (राणा) धेरै प्रतिनिधित्व गराइएको यस चलचित्रका संबादमा पनि नेपाली भन्दा अङ्ग्रेजी लवजकै बढि प्रयोग गरिएको छ। अङ्ग्रेजी संवादहरु केहि हद सम्म राम्रै सुनिएपनि नेपाली संबादहरु त्यति दमदार लाग्दैनन्, घोकाईएका संवाद भन्दा अत्युक्ति नहोला। पात्रहरुको अभिनयमा पनि सशक्तता छैन। ‘Acting’ भन्दा ‘Over Acting’ नै धेरै देखिन्छ। त्यस्तो कोहि पात्र छैन जो प्रशम्साको लागि योग्य होस। Guest को रुपमा देखाईने अानी छोइङ् को सानो भुमिका सन्देश प्रधान भएपनि अर्का Guest शुक्मिनदर सिंह देखिने द्रिष्य केहि भद्दा लाग्छ। एनिमेसन र हा-हा-हु-हु (फाइट) का द्रिष्य पनि अप्राक्रितिक छन्।

काठमाण्डु र सान-फ्रान्सिस्को (USA) मा खिचिएका द्रिश्यहरु को स्तर हेर्न लायक छन तर त्यसले देखाउन खोजेको कुरा हैन, ‘रेड सिनेमा फोर के’ प्रबिधी भएर भिडियो क्वालिटि राम्रो भएको मात्र हो, यस अर्थमा दिर्घ गुरुङको सिनेमाटोग्राफी संग कथा र अभिनयको तालमेल भएको भए चलचित्र केही राम्रो हुन्थ्यो होला।

गीतहरुमा बलिवुड गायक/गायिका हरु (Sukhwinder Singh, Aakriti Kankard, Kailash Kher, Sunidhi Chauhan, Adhitya Narayan and Sanjivini) कै स्वर भएपनि चलचित्रभित्र तथा बाहिर त्यसले खासै प्रभाव जमाउन सकेको छैन, बरु एउटै गीत पटक पटक दोहोरिदा दर्शकलाई नरमाइलो पक्कै लाग्छ। राहुल प्रधानको संगितको स्तरले पनि खासै मन जित्न सकेको छैन।

राम्रो बिषयबस्तु माथिको उठान भएपनि कथाको प्रस्तुतिकरण र अभिनय बिचको तालमेल नदेखिँदा यस चलचित्रले नेपाली दर्शकको मन जित्ला भनेर भन्न सकिने स्थिति छैन। यो ‘काठमाण्डु’ हाम्रो राजधानी काठमाण्डुमा हरायो भने अचम्म मान्न पर्दैन।

३/१०

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.