दशैँ – नवरात्रिमा पूजा गरिने नौ देवी

नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ। यी देवीहरू हुन्ः शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री। यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ।

नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ ।।

प्रतिपदा - शैलपुत्री
द्वितिया - ब्रहृमचारिणी
तृतिया - चन्द्रघण्टा

 

चतुर्थी- कुष्माण्डा
पञ्चमी - स्कन्दमाता
षष्ठी - कात्यायनी

 

सप्तमी - कालरात्रि
अष्टमी - महागौरी
नवमी - सिद्धिदात्री

 

नवरात्रिको नौ दिनमा नव ग्रह पूजा गर्ने परम्परा रहेको छ। प्रतिपदामा मंगल, द्वितीयामा राहु, तृतीयामा बृहस्पति,चतुर्थीमा शनि, पञ्चमीमा बुध, षष्ठीमा केतु, सप्तमीमा दिन शुक्र, अष्टमीमा सूर्य एवं नवमीमा चन्द्रमाको ग्रह शान्ति पूजा गरिन्छ।

{विकिपीडिया – नेपाली }

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.